सिर्जना आवासीयका बहिरा विद्यार्थीलाई एनआइएमबीको पोशाक सहयोग

पाेखरा | चैत ८, २०८२

सिर्जना आवासीयका बहिरा विद्यार्थीलाई एनआइएमबीको पोशाक सहयोग

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । 

 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले लेखनाथ शाखा मार्फत बहिरा विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको हो । 

 

विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्दै पोखरा महानगरपालिका २६ का अध्यक्ष नरेन्द्र थापाले वित्तिय संस्थाले सामाजिक उत्तरदायित्व मार्फत कम अवसर प्राप्त भएका नागरिकका लागि सहयोग गर्नुपर्नेमा जोड दिए ।

 

अध्यक्ष थापाले वित्तिय संस्थाहरुसँग सिसि क्यामेरा, सडक बत्ती र डिजिटल बैंकिङका क्षेत्रमा स्थानीय सरकारको तर्फबाट वडाले सहकार्य गर्न सक्ने प्रतिबद्धता जनाएका थिए । 

 

कार्यक्रममा एनआइएमबी बैंक लिमिटेड अर्घौ शाखाका प्रमुख प्रकाश सिग्देलले शिक्षाको क्षेत्रमा संस्थागत उत्तरदायित्व अन्तरगत विद्यार्थीलाई पोशाकमा सहयोग गरेको उल्लेख गरे ।

 

विद्यालय व्यवस्थपन समितिका निर्वतमान अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंं २६ का वडासदस्य तिर्थबहादुर राजभाट, निमित्त प्रधानाध्याक राजेन्द्र शर्मा लगायतले बोलेका थिए ।

 

कार्यक्रमको संचालन विद्यालयका शिक्षक नवराज अधिकारीले गर्नु भएको थियो । 


 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्